logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सहकारी ठगीमा फरार सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी पक्राउ

    सहकारी ठगीमा फरार सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी पक्राउ

    875
    Shares
    सहकारी ठगीमा फरार सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी पक्राउ

    काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपी पूर्व सचिव रहेका ४८ वर्षीय अनुज नकर्मीलाई काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरिएको हो ।

    पर्साको वीरगन्ज महानगरपालिका–१४, श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७, घारीपाटन बस्ने नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका थिए । उनलाई शुक्रबार पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend