मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार भेटवार्ता हुने

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता हुने भएको छ ।

सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ ।

सोमबार नै राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने भएकी छन् ।

चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आइतबार दिल्ली प्रस्थान गरेकी छन् । उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend