logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि हुने

    दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि हुने

    483
    Shares
    दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि हुने

    काठमाडौं । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि काठमाडौंमा हुने भएको छ ।

    होटल संघ नेपाल, बिन्स्टक एशिया नेपाल, वाटरकम स्ट्राटेजी र नेपाल ट्राभलसँगको सहकार्यमा दोस्रो संस्करण हस्पिटालिटी कन्क्लेभ हुन लागेको हो ।

    आईतबार काठडौंमा पत्रकार सम्मेलन गर्दै होटल संघले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विनायक साहले नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ गर्न लागिएको बताए ।

    उनले पर्यटन आतिथ्य क्षेत्रमा देखिएका सम्भावना र चुनौतीका विषयमा केन्द्रित भएर आयोजना गर्न लागेको बताए । उनले विगतको तुलनामा पर्यटन आगमन वृद्धि भएपनि पर्यटन गतिविधिहरु बढ्न नसकेको बताए ।

    उनले अहिले नेपालमा आगमन भइरहेका पर्यटक एक तिहाई मात्रै रहेको भन्दै सरकारले नीति नियम परिमार्जन गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताए ।

    उनले मुलुकमा पर्यटन आगमन वृद्धि भएको र होटल तथा पर्यटकीय पूर्वाधारहरु वृद्धि भएकाले पर्यटन व्यवसायी खुशी रहेको बताए । उनले नेपालको पर्यटन पूर्वाधारले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा रहेको बताए ।

    उनले नेपाल भारत र चीन जस्ता विकासित मुलुकहरुको बीचमा भएकाले पर्यटन पूर्वाधार बढाएर अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउन सक्ने बताए । उनले विश्वका ब्राण्ड होटलहरु आइरहे पनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend