logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • खेलाडी दबाबमा पर्दा श्रीलंकाविरुद्ध फराकिलो जित सम्भव भएन : प्रशिक्षक उर्जन श्रेष्ठ

    खेलाडी दबाबमा पर्दा श्रीलंकाविरुद्ध फराकिलो जित सम्भव भएन : प्रशिक्षक उर्जन श्रेष्ठ

    3.9K
    Shares
    खेलाडी दबाबमा पर्दा श्रीलंकाविरुद्ध फराकिलो जित सम्भव भएन : प्रशिक्षक उर्जन श्रेष्ठ

    काठमाडौं । नेपाली यु–२० टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकाविरुद्ध धेरै अवसर सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न नसक्दा फराकिलो जितबाट वञ्चित भएको बताएका छन् । सातदोबाटोमा समूह ‘ए’ को खेलमा श्रीलंकासँग १–० को साँघुरो जितपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।

    उनले आफ्ना खेलाडीले बक्समा धेरै अवसरहरू पनि सिर्जना गरे पनि दबाबमा परेर गोल गर्न असफल भएको उल्लेख गरे । सहज अवसरमा पनि आफ्ना स्ट्राइकर गोल गर्न असफल हुँदा फराकिलो जितबाट बन्चित भएको उनको भनाइ छ । यद्यपि, उनले आफ्ना खेलाडीले धेरै मेहनत गरेको पनि उल्लेख गरे ।

    उनले योजना र रणनीतिअनुरूप खेलाडीले प्रदर्शन गर्दा जित सम्भव भएको बताए । प्रशिक्षक श्रेष्ठले शुरुमै अग्रता लिएको भए खेलको नतिजा अर्कै हुनसक्ने आँकलन गरे । उनले टिमअनुसार खेलेको पनि उल्लेख गरे । आफूले अबको दुई दिनभित्र स्कोरिङमा काम गर्ने योजना सुनाए ।

    पराजित टोली श्रीलंकाका प्रशिक्षक देवासगयमले आफ्ना खेलाडीमा अनुभवको कमी देखिएको प्रतिक्रिया दिए । उनले आफ्ना खेलाडीले धेरै राम्रो खेले पनि उनीहरूमा अनुभवको कमी देखिएको बताए । अन्तिम समयमा धेरै खेल स्थान परिवर्तन भइरहँदा पनि आफूहरूका लागि कठिन भएको उनको आरोप छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend