logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के भयो कुराकानी ?

    परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के भयो कुराकानी ?

    364
    Shares
    परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

    भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आइतबार दिल्ली पुगेकी हुन् ।

    द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend