logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा लक्ष्यको ७.५५ प्रतिशत राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा लक्ष्यको ७.५५ प्रतिशत राजस्व सङ्कलन

    315
    Shares
    आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा लक्ष्यको ७.५५ प्रतिशत राजस्व सङ्कलन

    भद्रपुर, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।

    आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए ।

    “साउनमा ३२ करोड ८७ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन भयो, लक्ष्यअनुसार राजस्व सङ्कलन भएन”, उनले भने ।

    आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार रुपैयाँ, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार रुपैयाँ र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    गत आव २०८०/८१ को पहिलो महिनामा २८ करोड ९६ लाख रुपैयाँ राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend