logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • विदेशमन्त्री जयशंकरको प्रतिक्रिया : १ हजार मेगावाट बिजुली आयातले दुई देशबीच सम्बन्धमा नयाँ कोशेढुंगा

    विदेशमन्त्री जयशंकरको प्रतिक्रिया : १ हजार मेगावाट बिजुली आयातले दुई देशबीच सम्बन्धमा नयाँ कोशेढुंगा

    938
    Shares
    विदेशमन्त्री जयशंकरको प्रतिक्रिया : १ हजार मेगावाट बिजुली आयातले दुई देशबीच सम्बन्धमा नयाँ कोशेढुंगा

    काठमाडौं । भारतका विदेशमन्त्री डा. एस जयशंकरले नेपालबाट करिब १ हजार मेगावाट बिजुली आयातको स्वीकृतिलाई दुई देशबीचको सम्बन्धमा नयाँ कोशेढुंगा (न्यू माइलस्टोन) भएको बताएका छन् ।

    भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सोमबार न्यूदिल्लीमा द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री जयशंकरको यस्तो प्रतिक्रिया आएको हो । राणासँग वार्तापछि उनले नेपालले हजार मेगावाट विद्युत निर्यात गर्ने भएकोमा खुशी लागेको बताएका छन् ।

    सोमबार मात्रै भारतले १२ वटा जलविद्युत परियोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली किन्ने जानकारी दिएको छ । नेपालका विभिन्न २८ वटा जलविद्युत आयोजनाबाट ९ सय ४१ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । जयशंकरले नरेन्द्र मोदी सरकारको छिमेकी पहिलो नीतिअन्र्तगत युनिक सम्बन्ध रहेको प्रतिक्रिया दिएका छन् ।

    उनले परराष्ट्रमन्त्री देउवासँग ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहकार्यका बारेमा छलफल भएको एक्समा लेखेका छन् ।

    यस्तै भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । यस्तै नेपालले भारत हुँदै बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्दै छ । चालू आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले २५ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गर्ने लक्ष्य लिएको छ ।

    No description available.

    यो पनि :

    प्राधिकरणले यो वर्ष २५ अर्बको बिजुली भारत निर्यात गर्ने

    भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने, निर्यात ९४१ मेगावाट पुग्ने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend