
काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन (सोमबार) प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
सोमबार प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend