logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मदिरा उत्पादन बढाउन नयाँ प्लान्ट थप्दै रेन्बो डिस्टिरी, एलिटले ‘रोड टु आइपिओ’ सेवा दिने

    मदिरा उत्पादन बढाउन नयाँ प्लान्ट थप्दै रेन्बो डिस्टिरी, एलिटले ‘रोड टु आइपिओ’ सेवा दिने

    847
    Shares
    मदिरा उत्पादन बढाउन नयाँ प्लान्ट थप्दै रेन्बो डिस्टिरी, एलिटले ‘रोड टु आइपिओ’ सेवा दिने

    काठमाडौं । निजी लगानीमा सञ्चालित रेन्बो डिस्टिरीले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएका छ । लुम्बिनी प्रदेशका भैरहवामा १५ वर्षदेखि सञ्चालनमा रहेको उच्चस्तरिय मदिरा उत्पादक रेन्बोले आधुनिक प्लान्टसहित व्यवसाय विस्तारका लागि थप पुँजी जुटाउन आइपिओ निष्कासन गर्न लागेको हो ।

    कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवा अन्तरगत ‘रोड टु आइपिओ’ योजनासम्बन्धि सम्झौता गरेको छ । सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुसालले हस्ताक्षर गरेका छन् ।एलिट क्यापिटलले ‘रोड टु आइपिओ’ योजना अन्तरर्गत नवप्रवर्तन (स्टार्टअप) देखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुँजीवृद्धी र व्यवसाय प्रवद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।

    रेन्बो डिस्टिलरीले १० करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई शतप्रतिशत वृद्धि गरी २० करोड रुपैयाँ पुर्याइ पव्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पुँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आइपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

    हाल १० करोड चुक्ता पुँजी रहेको कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी बढाइ नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैंछ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पुँजी बढेपछि कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आइपिओ जारी गर्ने योजना बनाएको रेन्बो डिष्टिलरीका अध्यक्ष भुसालले जानकारी दिए ।

    रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपि र ७० यूपिका सोफी, स्मुच, इडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाइस र टकिलालगायत दुई दर्जन ब्राण्डका मदिरा उत्पादन गरिरहेको छ ।

    हालसम्म नेपालको सेयर बजारमा हिमालयन डिष्टिलरी लिमिटेड मात्रै मदिराजन्य उद्योग सुचिकृत भएको छ । त्यसैले नाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पव्लिक कम्पनी बनाई आइपिओ जारी गर्न लागिएको कम्पनीका सञ्चालक प्रकाश भुसालले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend