logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन गर्न जरुरी छ : महासचिव पोखरेल

    प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन गर्न जरुरी छ : महासचिव पोखरेल

    623
    Shares
    प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन गर्न जरुरी छ : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताएका छन् ।

    मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनले यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताए ।

    उनले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गरे । उनले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताए ।

    उनले भने, ‘इतिहासका विभिन्न चक्र र कालखण्डमा हामी विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाउने गरेका छन् भन्नेकुरालाई बुझ्नु पर्दछ । र अहिलेको सन्दर्भमा समावेशिताको आधारमा हामीले बनाएको संविधानमा जुन प्रकारको चुनाव प्रणाली अवलम्वन गरेका छौँ, समानताका लागि भन्छौँ तर यथार्थ रुपमा भन्ने हो भने प्रतिनिधि सभाका सदस्यहरुभित्रै असमानता छ ।

    चुनाव जितेकाहरुले क वर्गको ठान्ने, समानुपातिकबाट आएकाले ख वर्गको ठान्ने । जे चिजबाट हामी समाजलाई समानताको जगमा खडा गर्ने कुरा गर्दैछौँ, निर्वाचन प्रणालीका कारणले त्यही असमानताको कारण बनेको छ भने त्यसले समाजलाई सकारात्मक परिवर्तन गर्नसक्छ ? सक्दैन ।

    त्यस अर्थमा समानुपातिक समावेशीलाई यस्तो ढाँचामा बदलेर लैजानुपर्छ जुन ढाँचाबाट आएका सांसदहरु क र ख वर्गका नहुन् । एउटै वर्गका हुन् । यो चिजको खोजि गर्नुपर्छ भन्ने मान्यता हो नेकपा एमाले र नेपाली कांग्रेसको । त्यसमा माओवादीले विमति राख्न सक्छ ? के मधेसवादी दलले विमति राख्न सक्छन् ? सक्दैनन् ।’

    महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको सहमति तत्कालै बाहिर नल्याउनुको कारण नेकपा (माओवादी केन्द्र) लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend