काठमाडौँ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माले मोक्ष प्राप्त गरून् भन्ने कामना गर्दै परिवारले गाईलाई नगर परिक्रमा गराई उपत्यकामा मंगलबार गाईजात्रा पर्व मनाउइएको छ ।
हरेक वर्ष भदौ कृष्ण प्रतिपदाका दिन नेवार समुदायले विशेषरुपमा यो पर्व मनाउने गर्दछन् ।
काठमाडौं, ललितपुर र भक्तपुरमा यो पर्व धुमधामका साथ मनाउने चलन छ ।
उक्त पर्वमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको थियो ।