logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘मुलुकको बिकासका लागि स्रोत जुटाउन थप सक्रियता आवश्यक’

    ‘मुलुकको बिकासका लागि स्रोत जुटाउन थप सक्रियता आवश्यक’

    420
    Shares
    ‘मुलुकको बिकासका लागि स्रोत जुटाउन थप सक्रियता आवश्यक’

    काठमाडौं । सरकार, निजी क्षेत्र र बिकास साझेदारहरुले मुलुकको बिकासका लागि आवश्यक स्रोत जुटाउन थप सक्रियता आवश्यक रहेको वताएका छन् । नेपाल सरकार अर्थमन्त्रालय, संयुक्त राष्ट संघ र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको बिकासका लागि वित्त सम्वादमा नेपाल स्तरोन्नतिको संघारमा रहकाले थप लगानी आवश्यक रहेको वताए ।

    दिगो बिकास लक्ष्य हासिल गर्न अहिले बार्षिक करिब २५ खर्ब रुपैया आवश्यक देखिएको छ । पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा राजश्वमा भएको संकुचनले बिकासका लागि रकम अभाव हुने देखिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिकासोन्मुख मुलुकहरुमा राजश्वको ठूलो अंश ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको र बिकासका लागि लगानी अभाव हुने गरेको सन्दर्भ प्रस्तुत गरे । उनले नेपाल पनि ती अन्य मुलुकभन्दा फरक नभएको हुँदा स्रोत जुटाउन सरकार, निजी क्षेत्र र बिकास साझेदारसंग सहकार्यका लागि आग्रह गरे ।

    उनले आगामी महिना संयुक्त राष्ट संघमा हुने समिट फर फ्युचरमा साझा धारणा बनाउनु आवश्यक रहेको बताए । यस सम्वादले यसलाई साझा धारणा बनाउन मदत पुग्ने बताए ।

    नेपालले जलवायु परिवर्तनमा कुनै ठूलो योगदान नदिएको भएता पनि यसको अनुकुलनका लागि सरकारले ठूलो रकम छुट्याउनुपर्ने भएको हुँदा पनि स्रोत थप जुटाउनु आवश्यक रहेको बताए । यसमा सहयोग उपलब्ध गराउन बिकास साझेदारहरुलाई पनि अर्थमन्त्री पौडेलले आग्रह गरे ।

    निजी क्षेत्रको लगानी विस्तारका लागि पनि सरकार वातावरण बनाउन तयार रहेको पनि उनले बताए । विदेशी लगानी आकर्षित गर्न क्रेडिट रेटिंग गरिरहेको पनि उनले बताए ।

    नेपाल राष्ट बैंकले बिकासका लागि वित्तीय स्रोत जुटाउनेमा राष्ट बैंकको अप्रत्यक्ष भूमिका भएपनि सरकार र बिकास साझेदारसंगको समन्वयमा वित्तीय समावेशिता हासिल गर्न प्रयासरत रहेको बताए । साना तथा मझौला उद्यमलाई वित्तीय स्रोतमा पहुँच बढाएर केन्द्रीय बैंकले समावशी बिकासमा योगदान दिइरहेको जनाए । वित्तिय समावेशितामा डिजिटल बैंकिग सुविधाले पनि सहज बनाएको उनले बताए ।

    उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा बिकासका लागि वित्तीय स्रोतको पहिचान सहित आगामी यात्र तय गर्न यो कार्यक्रम सरकार र संयुक्त राष्ट संघ संगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको बताए ।

    प्रत्यक्ष वैदेशिक लगानी घटदै गएको, राजश्वमा कमी आइरहेको, वैदेशिक अनुदान पनि घटदै गैरहेको सन्दर्भमा बिकासका लागि लगानी जुटाउन सबै तहबाट प्रयास गर्नुपर्ने बताए । महासंघले स्वदेश र विदेशमा लगानी प्रवद्र्धनका विशेष कार्यक्रम आयोजना गरिरहेको वताउँदै विदेशी लगानीलाई सहजीकरणका लागि सहायता कक्ष समेत स्थापना गरिएको बताए ।

    संयुक्त राष्ट संघका आवासीय संयोजक हाना सिंगरले नेपालको बिकास आवश्यकता पुरा गर्न बार्षिक २३ अर्ब डलर आवश्यक रहेको हुँदा लगानी जुटाउन विशेष पहल आवश्यक रहने बताए । अतिकम बिकसित मुलुकबाट स्तारोन्नति हुने संघारमा रहेको नेपालका लागि सबै तिरबाट स्रोत जुटाउन आवश्यक रहेको पनि उनले बताए । वित्तीय समावेशिता र लैगिक समानताका लागि आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउनु पर्नेमा उनले जोड दिए । ग्रामीण क्षेत्रमा वित्तिय पहुँच बढाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

    आगामी बर्ष आयोजना हुने अन्तराष्टिय बिकासका लागि लगानी सम्मेलन महत्वपुर्ण रहेकोले नेपालले सक्रिय सहभागिता जनाउनुपर्ने उनको राय थियो । अर्थमन्त्रालयका सहसचिव एवं अन्तराष्टिय समन्वय महाशाखा प्रमुख धनिराम शर्माले यस सम्वादबाट आएको धारणा एकिकृत गरि अगामी दिनमा बिकासका लगि वित्तीय स्रोत जुटाउने रणनीति बनाउन उपयोग गरिने बताए ।

    युएनस्क्यापका म्याक्रोइकोनोमिक पोलिसी निर्देशक हाम्जा अली मल्लिकले मुख्य वक्ताका रुपमा बोल्नु हुँदै बिकासका लागि वित्तिय स्रोत जुटाउन अन्तराष्टियस्तरमा भैरहेका प्रयास र नेपालले अवलम्बन गर्नुपर्ने नीतिबारे प्रस्तुति गरे ।

    उनले सरकारको सार्वजनिक वित्त बढाउन राजश्व सम्बन्धि सुविधामा सुधार गर्नुपर्ने बताए । यसैगरि नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पाइन सुविधाका कारण नकारात्मक प्रभाव न्युनिकरणका लागि थप गृहकार्य गर्नुपर्ने बताए ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले सरकारले राजश्वका क्षेत्रमा सुधार गरि स्रोत बढाउनुपर्ने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेले पुर्वाधारमा लगानी विस्तार गर्नुपर्ने वताए । महिला उद्यमी महासंघ अध्यक्ष सोभा ज्ञवालीले वित्तिय साना मझौला उद्यमीलाई सहयोग उपलब्ध गराइ समावेशितामा जोड दिए ।

    कार्यक्रममा निजी लगानी, सार्वजनिक वित्त र दिगो लगानीका बिषयमा तीनवटा सत्रमा छलफल भएको थियो । जसमा सरकारी, निजी क्षेत्र र बिकास साझेदारका तर्फबाट करिब १५ जनाले आफ्नो प्रस्तुति दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend