सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको छ ।

यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन् ।

गत जेठ ६ गतेदेखि असारको ५ गतेसम्म रास्वपाका महामन्त्री रहेका ढकाल देश दौडाहामा गएका थिए । उनले ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदन बुझाउनुअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुनेलगायत प्रतिक्रिया दिएपछि उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतबाट निलम्बन गरिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend