बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

आफैंले चलाएको गाडी दुर्घटनामा परि गाउँपालिका अध्यक्षको निधन

आफैंले चलाएको गाडी दुर्घटनामा परि गाउँपालिका अध्यक्षको निधन

नवलपरासी : नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ। उनी सवार गाडी आइतबार बर्दघाट नगरपालिका वडा नम्बर-४ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीय अर्जुन पाण्डेले बताएका छन्।

घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पताल ल्याइए पनि अध्यक्ष शर्माको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियोमा सवार अध्यक्ष शर्माको मृत्यु भए पनि उनीसँगै सवार हरिला रज्जाक घाइते छन्।

दुर्घटना हुँदा अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। घाइते रज्जाकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। गाउँपालिकाबाट बुटवलतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend