logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • चीनमा फेरी भेटिए पछिल्लो २४ घण्टामा : दुई महिना यताकै धेरै कोरोना संक्रमित

    चीनमा फेरी भेटिए पछिल्लो २४ घण्टामा : दुई महिना यताकै धेरै कोरोना संक्रमित

    2K
    Shares

    चीनमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार भेटिएकामध्ये ३८ जना स्थानीय संक्रमित रहेका छन् । जसमध्ये ३६ संक्रमित बेइजिङका छन् । शनिबार सहरको दक्षिण पश्चिमी फेंगताई क्षेत्रको एक सहरमा ठूलो संख्यामा गरिएको परीक्षणपछि संक्रमितको संख्यामा वृद्धि भएको हो । संक्रमणको नयाँ लहरको डरले शनिबार चीनले खेल र पर्यटनसँग जोडिएका धेरै कार्यक्रमहरु रद्द गरेको छ ।

    अहिलेसम्म चीनमा कोरोना भाइरसको कारण ८३ हजार १३२ संक्रमित फेला परेका छन्, भने चार हजार ६३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । यस्तै, छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ९५ पुगेको छ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३२ हजार नाघेको छ भने साथै यस संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजार ५ सय बढि संक्रमित भएका छन ।।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend