logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट, के भयो छलफल ?

    परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट, के भयो छलफल ?

    392
    Shares
    परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेट, के भयो छलफल ?

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेकी मन्त्री राणा र प्रमुख चौथाइवालेबीच दिल्लीको साकेटस्थित शेराटन होटलमा भेट भएको हो ।

    भेटमा प्रमुख चौथाईवालेले कांग्रेसका नेतृ समेत रहेकी राणालाई मन्त्री भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

    त्यस्तै, भेटघाटमा दुई देशबीचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।

    मन्त्री राणा भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । उनी बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

    उनले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटघाट गरेकी थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend