काठमाडौं । हिमालयन फुटसल गोल्ड कप प्रतियोगिता भदौ २० र २१ गते हुने भएको छ । हिमालयन फुटबल क्लवको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै हिमालयन प्रतियोगिताबारे जानकारी दिइएको हो । कुल ३२ टोलीले प्रतियोगिता खेल्न तय भएपनि केही दिनमा यो संख्या बढ्नसक्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लवमा हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी अनुशासित टोलीलाई २० हजार तथा उत्कृष्ट खेलाडी र गोलकिपरलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । गानादा एनुकेसनल कन्सल्टेन्सी यस प्रतियोगिताको मुख्य प्रायोजक हो ।
प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियागितामा सहभागिताका लागि १२ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । तर आयोजकका अनुसार उपत्यकाबाहिरका टोलीलाई बिना शुल्क सहभागी गराउने तयारी भइरहेको छ ।