
३२ जेठ, काठमाडौं । सरकारले आवश्यक प्रक्रिया पूरा गरेमा निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसरी जाँच गर्दा लाग्ने खर्च जनताले तिर्नु पर्ने छैन त्यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ ।
त्यस्तै नेपालमा थप ४२५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।
संक्रमित हुनेमा पुरूष ३७५ र महिला ५० जना छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ७६० पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend