सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मूल्य तोलामा ११ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य तोलामा ११ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । बुधबार रेकर्ड ब्रेक भएको सुनको मूल्य आज भने तोलामा एक हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले घटेर १ लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend