logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै सरकारको ध्यानाकर्षण

    चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै सरकारको ध्यानाकर्षण

    210
    Shares
    चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरुको चलखेल हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले विचौलियाहरुको कारण उपभोक्ताहरुको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको बताए । उनले दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरुको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न विचौलियाहरुलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरुको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरुको चलखेल समेतका कारणले उपभोक्ताहरुको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको छ । यस्तो अवस्थाको अन्त्यका लागि दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरुको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न विचौलियाहरुलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरुको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक छ ।

    उपभोग्य वस्तुहरुको आपूर्ति प्रणालीलाई सहज, सरल र व्यवस्थित बनाइ उपभोक्ताहरुको हित प्रवद्र्धन र गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारगत समस्याको पहिचान गरी उपभोक्ताले महशुस गर्नेगरी ति समस्याको समाधान समयमै गर्न सम्माननीय अध्यक्षज्युमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

    सांसद पौडेलले उपभोग्य वस्तुहरुको आपूर्ति प्रणालीलाई सहज, सरल र व्यवस्थित बनाइ उपभोक्ताहरुको हित प्रवद्र्धन र गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारगत समस्याको पहिचान गरी उपभोक्ताले महशुस गर्नेगरी समस्याको समाधान समयमै गर्न सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend