बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य होः कानूनमन्त्री चौरसिया

नेपाल कानून व्यवसायी परिषद् विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य होः कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकमा नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय मुख्य रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरुले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको र अझै परिष्कृत बनाउनुपर्ने बताए । उनले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिने कुराहरुको व्यवस्था विधेयकमा रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गहन छलफल भएको छ । कानून व्यवसायीहरुले आग्रह गरेको नेपाल लयर्स एकेडेमी गठन गर्ने विषय यसमा मुख्य छ ।

यसले कानून व्यवसायीहरुलाई दक्ष बनाउने कुरा, तालिम दिने र ग्रेजुएटसम्मको पाठ्यक्रम बनाएर शिक्षा दिनेकुराहरु व्यवस्था गरिएको छ र यस विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे, सचेत गराउनुपरे र कारबाही गर्नुपरे उहाँहरुको एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको छ । साथै कानून व्यवसायी परिषद्को आग्रहमै यो आएको हो । यसलाई अझ परिष्कृत कसरी बनाउने त्यसमा ध्यान दिनुपर्छ ।’

मन्त्री चौरसियाले विधेयकमा कानून व्यवसायीहरुलाई अनुशासनको कारबाही गर्नुपरे र सचेत गराउनुपरे एशोसिएशनले कारबाही गर्नेकुराको व्यवस्था गरेको उल्लेख गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend