logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सांसद श्रेष्ठले भनिन् – ‘राजनीतिकरणका कारण त्रिविमा दुर्दशा, प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न’

    सांसद श्रेष्ठले भनिन् – ‘राजनीतिकरणका कारण त्रिविमा दुर्दशा, प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न’

    560
    Shares
    सांसद श्रेष्ठले भनिन् – ‘राजनीतिकरणका कारण त्रिविमा दुर्दशा, प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।

    बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागिय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताइन् ।

    उनले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको बताइन् । उनले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको बताइन् । उनले शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको भन्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुनुमा प्रधानमन्त्रीको कार्यक्षमतामा प्रश्न उठेको बताइन् ।

    उनले भनिन् – ‘त्रिभुवन विश्वविद्यालयमा कुट्ने लहर चलेको छ । धम्क्याउने लहर चलेको छ । राजीनामाको लहर चलेको छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्ने परिस्थिति भएन भनेर उपकुलपतिले राजीनामा गरेको धेरै भएको छैन । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरुले फोन गरेर धम्क्याए भनेर त्यो पनि एउटा विभागिय प्रमुखको पदको लागि । यो दलिय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो ।

    तर यो त्यतिमा मात्रै सिमित रहदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विभाग भएका विश्वविद्यालयका कुलपतिको प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री ।

    दुईवटा ठुला दलको भ्रातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को ? प्रधानमन्त्री । साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक भए । त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री ।

    शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ । राजनीति चाहिन्छ । शिक्षकले राजनीति गर्नुपर्छ । प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही । टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? बताइदिनुपर्यो । मैले यसमा सरकार, कुलपति र उपकुलपतिको गम्भीर ध्यानाकर्षण गराएँ ।’

    उनले शिक्षालयमा राजनीति पस्न दिनु नहुने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend