logo

२०८१ मंसिर ३ सोमबार

logo
  • सोमबार, ३ मंसिर २०८१
  • मेरो-तेरो नभनि द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ : सांसद सिटौला

    मेरो-तेरो नभनि द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ : सांसद सिटौला

    343
    Shares
    मेरो-तेरो नभनि द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ : सांसद सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएर आएपनि गुनासो नरोकिएको बताएका छन् ।

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले द्वन्द्वपीडित र माओवादी पक्षकै केही व्यक्तिहरु विधेयकप्रति असन्तुष्ट रहेको बताए । उनले ढिलो गरेर भएपनि राजनीतिक दलहरुको बीचमा विश्वासको समझदारी बनेकाले संसदबाट पारित गरी कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भइसकेपछि बन्ने आयोगहरुको कार्य क्षमतामा धेरैकुरा भर पर्ने जिकिर गरे ।

    उनले आयोग बनाउने कुरामा द्वन्द्व पीडितहरुले न्याय पाउँछन् भन्नेकुरामा ध्यान दिनुपर्ने बताए । उनले गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरी मेरो र तेरो नभनिकन न्याय दिनसक्ने क्षमताको आयोगहरु निर्माण गर्नुपर्ने बताए । यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउने बताए ।

    सांसद सिटौलाले नेपालले एक पटक फेरि नेपाली राजनीतिक दलहरुको बीचमा वृहत समझदारी र एकता खोजेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend