logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • त्रिविको जग्गा बाँडेर पार्टी कार्यालय बनाउन कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव

    त्रिविको जग्गा बाँडेर पार्टी कार्यालय बनाउन कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव

    504
    Shares
    त्रिविको जग्गा बाँडेर पार्टी कार्यालय बनाउन कांग्रेस र एमालेलाई सांसद सिंहको सुझाव

    काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा-आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका हुन् ।

    उनले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए ।

    उनले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताए । उनले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए ।

    उनले भने – ‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ । आधा कांग्रेस, आधा एमाले बाँडौ । किनकी विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो । दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ ।

    किनकी यो देश जनताको होइन, दलको मात्रै हो । भ्रष्टाचारमो मुद्दामा हदम्याद राख्ने कोशिस भइरहेको छ । ठुला दलले ०४८ सालदेखि सरकार चलाएको कारणले आफुलाई चोख्याउन पाँच वर्षको समय राखेको छ । भ्रष्टाचार भनेको भ्रष्टाचार हो । ५० वर्षपछि थाहा भएपनि भ्रष्टाचारको मुद्दा भ्रष्टाचारकै मुद्दा हुन्छ ।

    त्यसलाई चोख्याउन मिल्दैन । पाँच वर्षको समय दिएर भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको हो, त्यो देशको लागि हाम्रो आपत्ति छ । त्यस्तो बन्न दिनु हुँदैन ।’

    सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend