logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

    संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

    294
    Shares
    संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा स्पष्ट रहेको बताएका हुन् ।

    उनले गणतन्त्र र सविधानको कार्यान्वयनमा सरकार दृढ रहेको बताए । उनले देश र जनताको पक्षमा तथा राष्ट्रिय हितहरुको रक्षा गर्दै संविधानको रक्षा गर्ने बताए । उनले जनताका समस्याहरुको समाधान र अधिकारहरुको सुरक्षा गरिने बताए ।

    उनले भने – ‘यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, यो संविधान, यसको रक्षा, कार्यान्वयन, यसको पक्षमा स्पष्ट र दृढ छ । यसको कार्यान्वयन भनेको यसको मर्मको कार्यान्वयन जनताको पक्षमा, देशको पक्षमा, राष्ट्रिय हितहरुको रक्षा र जनताका समस्याहरुको समाधान, जनताका अधिकारहरुको सुरक्षा । यि कुराहरु गर्दै अगाडी जाने हो ।’

    प्रधानमन्त्री ओलीले सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको बताए । उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend