logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजारमा भएको सुधारले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री ओली

    सेयर बजारमा भएको सुधारले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री ओली

    357
    Shares
    सेयर बजारमा भएको सुधारले जनतामा आशा जगाएको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारमा उल्लेखिय सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन् ।

    बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    उनले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताए । उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताए ।

    उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताए । उनले घरजग्गा कारोबार समेत क्रमशः वृद्धि हुँदै गएको बताए । उनले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने उल्लेख गरे ।

    उनले भने, ‘जनतामा रहेको निरासालाई आशामा बदल्ने प्रयासमा लागेका छौं । यस अनुसारका परिणाम पनि छोटो अवधिमा देखापर्न थालेका छन् । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमश वृद्धि हुँदै गएको छ ।

    पुँजीबजारमा उल्लेख्य सुधार आएको छ । निजी क्षेत्रमा लगानी गर्ने मनोवल सहित उत्साह देखिएको छ । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको यो सकारात्मक संकेत हो । यस्ता कुराहरुले जनतामा निरासा होइन आशा जगाउँदै जानेछ ।

    भ्रष्टाचारमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी होइन । कुनै एस्क्युज खोज्दैन काम गर्छ । भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नुहुँदैन । कानूनी अनुसन्धान र नतिजामुखी हुनुपर्दछ ।’

    उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी नभएको बताए । उनले भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नु नहुने भन्दै सरकारले कानूनी अनुसन्धान र नतिजामुखी बनाउने प्रतिवद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend