logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैनः नारायणकाजी श्रेष्ठ

    बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैनः नारायणकाजी श्रेष्ठ

    301
    Shares
    बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैनः नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सरकारले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले संघीय संसदका दुवै सदनबाट पारित भइसकेपछि राष्ट्रपतिबाट दस्तखत भएसँगै आयोग गठनको काम शुरु हुनुपर्ने बताए । उनले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउन ढिलाइ गर्नु नहुने बताए । उनले विधेयक पारित गर्नु मात्रै ठूलो कुरा नभएको भन्दै पारित भइसकेपछि पनि धेरै चुनौतिपूर्ण कामहरु रहेको बताए ।

    सांसद श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरण, विकास समृद्धिको दिशामा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend