logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • स्वदेश फर्केपछि परराष्ट्रमन्त्री राणाले भनिन् : भारत भ्रमण सफल र फलदायी

    स्वदेश फर्केपछि परराष्ट्रमन्त्री राणाले भनिन् : भारत भ्रमण सफल र फलदायी

    392
    Shares
    स्वदेश फर्केपछि परराष्ट्रमन्त्री राणाले भनिन् : भारत भ्रमण सफल र फलदायी

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् । बिहीबार परराष्ट्रमन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर अपरान्ह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेकी हुन् ।

    सो अवसरमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् ।

    प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको दाबी गरिन् । उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भुमिका निभाउने विश्वास व्यक्त गरिन् । उनले भ्रमणले दुई मुलुकबीचको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याएको दाबी गरिन् ।

    उनले भ्रमणले आगामी दिनमा उच्च तहमा सम्पर्क बिस्तार गर्न तथा दुईपक्ष संयन्त्रहरु र आपसी हितका लागि सहयोग सहकार्य प्रवद्र्धन गर्न सहयोग पुग्ने बताइन् ।

    उनले भ्रमणका क्रममा भारत सरकारले नेपाललाई उच्च सम्मान गर्ने गरेको आभाष भएको बताइन् । उनले भारतका प्रधानमन्त्री मोदीसँगको वार्तामा व्यापार, पारवहन, ऊर्जा, प्रविधि, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्य आयोजना, खेलकुद र सीमा पूर्वाधारका विषयमा कार्यान्वयन गर्दै लैजाने समझदारी भएको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend