logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • शेयर बजारलाई परिपक्व, अनुशासित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छ : अर्थमन्त्री पौडेल

    शेयर बजारलाई परिपक्व, अनुशासित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छ : अर्थमन्त्री पौडेल

    315
    Shares
    शेयर बजारलाई परिपक्व, अनुशासित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीबजारमा एक जनाको मात्रै एकाधिकार रहन नदिने बताएका छन् । धितोपत्र सम्बन्धि पहिलो संशोधन विधेयक, २०८१ का विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले पुँजीबजारमा ६४ लाख बढीले डिम्याट खाता र दोस्रो बजारमा २२ लाख बढी लगानीकर्ताले धितोपत्रको कारोबार गर्ने गरेको भन्दै एक जनाको एकाधिकार रहने अवस्था नभएको स्पष्ट पारे ।

    उनले यदि एक वा कुनै समूहको एकाधिकार भएपनि सरकारले त्यस्तो गर्न नदिने धारणा राखे । उनले शेयर बजारमा नक्कली कारोबार हुन नदिने बताए । अर्थमन्त्री पौडेलले सरकारले शेयर बजारलाई परिपक्व,अनुशासित र दिगो ढङ्गले विकसित गर्ने दृष्टिकोणका साथ काम गरिरहेको बताए ।

    उनले शेयर बजारमा कुनै पनि प्रकारका अवाञ्छित क्रियाकलाप,कर्नर र इन्साइडर ट्रेडिङ हुन नदिने र विभिन्न प्रकारका सामाजिक सञ्जालमा ग्रुपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम पार्न नदिने विषयमा सरकारले ध्यान दिएको उल्लेख गरे ।

    अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिस समितिले सिफारिस गरे बमोजिम नियुक्ति हुने कानूनी व्यवस्था भएको भन्दै कुनै पनि पार्टी वा पार्टीको नेताले चाहेर व्यक्ति अक्ष्यक्ष हुन नसक्ने बताए ।

    उनले बोर्डको अध्यक्ष नियुक्ति सरकारले नेपाल धितोपत्र बोर्ड ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुने बताए ।

    उनले भने, ‘नेपाल धितोपत्र बोर्ड सम्बन्धि ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुन्छ । यसमा कसैले प्रभाव पर्ने भन्ने विषय रहँदैन । मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक छैन । पुँजीबजारमा डिम्याट खाता ६४ लाख बढीले खोलेका छन् । दोस्रो बजारमा धितोपत्रको कारोबार खाता सञ्चालन गरेका लगानीकर्ताको संख्या २२ लाख बढिरहेको हुनाले पुँजीबजारमा एक जनाको मात्रै अधिकार रहने हुन सक्दैन र सरकारले हुन दिइने छैन ।

    अध्यक्ष नियुक्ति सम्बन्धमा सिफारिस समितिले सिफारिस गरे बमोजिम अध्यक्ष नियुक्ति हुने कानूनी व्यवस्था हो। यसमा कुनै पनि पार्टी वा पार्टीको नेताले चाहेर अक्ष्यक्ष हुँदैन । त्यस अनुसारको चाहनामा प्रतिविम्वित हुँदैन । निर्णय प्रक्रिया पारदर्शी र स्वच्छ ढङ्गले हुन्छ । प्रत्येक नेपाली नागरिकलाई नेपालको कुनैपनि भूभागका व्यापार व्यवसायी सञ्चालन गर्न पाउने संवैधानिक हक छ । सरकार त्यसको पक्षमा छ ।

    शेयर बजारमा नक्कली कारोबार उठाउनु भएको छ । तर सरकारले शेयर बजारलाई परिपक्क, अनुशासित र दिगो ढङ्गले विकशित गर्नुपर्छ भन्ने दृष्टिकोण हो । त्यही अनुसारका प्रयासहरु भइरहेका छन् । कुनैपनि प्रकारका अवान्छित क्रियाकलापहरु, कर्नर र इन्साइडर ट्रेडिङ नहोस् र विभिन्न प्रकारका सामाजिक सञ्चालमा ग्रुपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम नगरियोस् भन्ने कुरामा सरकारले ध्यान दिएको छ ।’

    उनले सरकारलाई अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने भन्दै मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक नभएको बताए । उनले बोर्डको अध्यक्ष नियुक्तिको निर्णय प्रक्रिया पारदर्शी र स्वच्छ ढङ्गले हुने जानकारी दिए ।

    अर्थमन्त्री पौडेलले बिहीवार प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत गरेका छन् । उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र धितोपत्र सम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend