logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • परराष्ट्रमन्त्रीको भ्रमणलाई भारतले प्रोटोकलअनुसार सम्मान गरेको छः सांसद साउद

    परराष्ट्रमन्त्रीको भ्रमणलाई भारतले प्रोटोकलअनुसार सम्मान गरेको छः सांसद साउद

    455
    Shares
    परराष्ट्रमन्त्रीको भ्रमणलाई भारतले प्रोटोकलअनुसार सम्मान गरेको छः सांसद साउद

    काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले परराष्ट्रमन्त्री डा. आरजु राणाको भ्रमणलाई भारतले सकारात्मक रुपमा लिएको बताएका छन् ।

    बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतको बीचमा प्राचिनकालदेखि राम्रो सम्बन्ध रहेको बताए ।

    उनले नेपालको प्रजातान्त्रिक सरकारको, प्रजातान्त्रिक पार्टीको प्रतिनिधित्व गरेर भारतमा परराष्ट्रमन्त्रीले गरेको औपचारिक भ्रमणलाई भारतले सकारात्मक रुपमा लिएको बताए ।

    उनले भने, ‘नेपाल र भारतको बीचमा प्राचिनकालदेखि नै अत्यन्त राम्रो सम्बन्ध रही आएको छ । यो सम्बन्ध सांस्कृतिक जनस्तर र सरकारको स्तर सबैमा छ । नेपालको प्रजातान्त्रिक सरकारको, प्रजातान्त्रिक पार्टीको प्रतिनिधित्व गरेर भारतमा परराष्ट्रमन्त्रीज्युले गर्नुभएको औपचारिक भ्रमणलाई भारतले पनि सकारात्मक रुपमा लिएको देखिन्छ । उहाँले निर्धारित प्रोटोकलअनुसार रेस्पेक्ट गरेको देखिन्छ ।’

    सांसद साउदले परराष्ट्रमन्त्री राणाको भ्रमणलाई भारतले शिष्टाचार सम्मान गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend