काठमाडौँ । बिहीबार बढेको विदेशी मुद्राको विनिमय दरले शुक्रबारसमेत निरन्तरता पाएको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको हो ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।