प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछी जनतामा आशा उत्साहको संचार हुन् थालेको छ। प्रमुख दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि अर्थतन्त्रका बिभिन्न सुचकहरुले पनि गति लिन थालेका छन्। त्यसको पछिल्ला उदाहरण सेयर बजारमा आएको उत्साह नै प्रमुख हो।
त्यस्तै भैरहवा स्थित अन्तरराष्ट्रीय बिमानस्थलको पुन संचालन, पोखरा क्षेत्रीय बिमानस्थललाई संचालन गर्न थालेका सरकारी पहल जनतामा पक्षमा काम गर्न प्रधानमन्त्रीले दिएका निर्देशन तथा मन्त्रीपरिषदबाट भएका निर्णयहरुले पनि सरकार जनता प्रति उत्तरदायी छ र यो सरकारले परिणाम ल्याउछ भन्ने आभास जनतामा भएको छ।
नेपालीमा एउटा उखान छ। फलाम तातेकै बेला हान्नुपर्छ भनेझै जसरी प्रधानमन्त्री काममा अग्रसर भएर लाग्नु भएको छ त्यसैगरी अहिलेको सरकारका मन्त्रीहरुपनि आफ्नो काममा जिम्मेवार ढंगले लाग्न जरुरी देखिन्छ। एक हातले ताली बज्दैन भनेझै प्रधानमन्त्रीको सिंगो प्रयासमा सबै मन्त्रीको हात र साथ आवश्यक पर्छ।
मन्त्रीहरु जनताप्रति उत्तरदायी बन्दै कर्मचारीहरुलाई काम प्रति उत्तरदायी बनाउन सके नेपालले केहि बर्षमानै बिकासको गति लिने मात्र हैन तिब्र आर्थिक बृद्धी हासिल गर्नेमा कुनै सन्देह रहने छैन। तर मन्त्रीहरु प्रधानमन्त्रीको आखाँ छल्ने, जनताको आखाँ छल्ने, कमाउ धन्दामा लाग्ने गरे भने देशमा दुई ठुला दलले पाएको यो अवसर ऐतिहासीक हैन इतिहासमा कलंक बन्नेछ। त्यसको ठुलो मूल्य परिवर्तनको संवाहकको रुपमा रहेका दुई दलले चुकाउनु पर्नेछ।
समयले पर्खदैन बगेको खोला फर्कदैन इतिहासले दिएको यो अवसर फेरी जुटाउदैन त्यसैले अहिले पाएको स्वर्णिम अवसरलाई देशको बिकास र जनताको सम्बृद्धीमा दिनरात नभनी खट्नु नै सबैको हितमा हुनेछ।
नेपाल नेपाल भित्र मात्र नेपाल छैन प्रवासमा जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाल पुगेको छ। म जस्ता एक करोड नेपाली देशबाहीर छन्। जसले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ। अरवको पचास डिग्रीको घाम होस् या मलेसिया, जापान र कोरीयाका कठिन काम हुन्। हामीले गरेकै छौ देश बस्ने रहर त हामीलाई नहुदो हो र ? बाध्यता बिवसताले परदेशीएका हामी देशको चिन्ताले जति बाचीरहेका छौ त्यति चिन्ता अहिलेका प्रधानमन्त्रीले जस्तै र मन्त्रीहरुले गरे देश बन्न कत्ति समय लाग्ला र ?
( लेखक पोखरेल प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी का उपमहासचिव हुन्। हाल कतारमा बसोबास गर्छन्।)