काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार ५ सयले घट्दै तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च पुगेको थियो भने बिहीबार र शुक्रबार सामान्यले घटेको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार पुगेको थियो जुन हालसम्मकै उच्च मूल्य हो ।