logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्यो

    तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्यो

    364
    Shares
    तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्यो

    काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको हो । पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

    शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

    उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ । अहिले डोरी लगाएर उद्धार गर्न थालिएको छ । प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन् । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा पर्छ ।

    युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

    बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको फौजले उद्दार जारी राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend