बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

तनहुँको आँबुखैरेनी दुर्घटना अप्डेट : १४ जनाको मृत्यु, १५ जना घाइते

तनहुँको आँबुखैरेनी दुर्घटना अप्डेट : १४ जनाको मृत्यु, १५ जना घाइते

तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा आज भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेका अनुसार उक्त दुर्घटनामा १४ जनाको शव निकालिएको छ ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ ।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको छ । उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ । प्रहरी पनि उद्धारमा खटिएको छ ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो ।

१५ जनालाई घाइते अवस्थामा निकालिएको छ । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

यो पनि :

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दीमा बस खस्यो

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend