सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आँबुखैरेनी बस दुर्घटना : उद्धारका लागि सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थलमा

आँबुखैरेनी बस दुर्घटना : उद्धारका लागि सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थलमा

काठमाडौँ । तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । गम्भीर घाइते भएकालाई उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । साथै दुर्घटनास्थलमा मेडिकल टिमसहितको टोली पठाइएको छ ।

केहीबेर अघि हेलिकप्टर दुर्घटनास्थलमा अवतरण भैसकेको छ । हेलिकप्टरमार्फत घाइतेहरुलाई काठमाडौँ ल्याउने तयारी छ ।

पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेका ४१ यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ । १६ घाइतेको उद्धार गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend