logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • तनहुँ बस दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक, ४ जना अझै बेपत्ता (सूची)

    तनहुँ बस दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक, ४ जना अझै बेपत्ता (सूची)

    2K
    Shares
    तनहुँ बस दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक, ४ जना अझै बेपत्ता (सूची)

    तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना भएको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेको थाहा भएको छ । चालक दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको जनाइएको छ ।

    उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् ।

    सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

    १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । हेलिकोप्टरमा काठमाडौं ल्याइएका घाइतेहरूको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।

    बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए ।

    दुर्घटनामा पर्नेहरूको सूची :

    अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादे ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend