शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सुनौलो नेपालकर्मी हमालसहित ५ जना पत्रकार सम्मानित

सुनौलो नेपालकर्मी हमालसहित ५ जना पत्रकार सम्मानित

मुगु । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मुगुमा सुनौलो नेपालकर्मी सनत हमालसहित पाँच जना पत्रकार सम्मानित भएका छन् । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी बिहिबार सिडिएस पार्क नामक संस्थाले पत्रकारलाई सम्मान गरेको हो ।

जिल्लामा लामो समयदेखि पत्रकारीता गरेका र बिशेष गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार, युवा, बालविवाह, छाउपडी प्रथालगायतका सवालमा कलम चलाई रुपान्तण क्षेत्रमा योगदान पुर्याएको भन्दै सुनौलो नेपालका पत्रकार हमालसहित राससकर्मी नृर्पेन्द्रबहादुर मल्ल, अन्नपुर्णकर्मी जीवन सेजुवाल, हिमालय टेलिभिजनकर्मी तथा सौर्यकर्मी नन्दबहादुर रोकाया, नेपालकर्मी र नागरिक पत्रिकाकर्मी सर्जन शाही सम्मानित भएका छन् ।

कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुको आयोजनामा र सोरुगाउँपालिका र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको समन्वयमा सोरु गाउँपालिकाको सोरुकोटमा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत महिला तथा पुरुष देउडा कार्यक्रमको आयोजना गरी भब्यरुपमा मनाईएको थियो ।

२५ औँ अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी कार्यक्रमको अवसरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, युवा, बालविवाह, छाउपडी प्रथा लगायतका सवालमा कलम चलाई रुपान्तण क्षेत्रमा योगदान पुर्याएका ५ जना पत्रकार लाई सम्मान गरीएको कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए ।

उनका अनुसार युवा दिवसको अवसरमा युवा उद्यमीलाई पनि सम्मान गरीएको छ । सुनौलो नेपालकर्मी हमाल मुगु जिल्लामा बसेर ५ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend