logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • कर्मचारी सञ्चय कोषमा केएमसीको निःशुल्क स्वास्थ्य शिबिर, ३ सय ४ जना बिरामीले पाए उपचार

    कर्मचारी सञ्चय कोषमा केएमसीको निःशुल्क स्वास्थ्य शिबिर, ३ सय ४ जना बिरामीले पाए उपचार

    392
    Shares
    कर्मचारी सञ्चय कोषमा केएमसीको निःशुल्क स्वास्थ्य शिबिर, ३ सय ४ जना बिरामीले पाए उपचार

    काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कर्मचारी सञ्चय कोषमा निःशुल्क स्वास्थ्य शिबिर गरेको छ । यो अस्पताल नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको हो ।

    कर्मचारी सञ्चय कोषको आयोजनामा कोषको प्राङ्गणमा भएको शिबिरमा ३०४ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

    निःशुल्क स्वास्थ्य शिबिरमा ६८ जनाको भिडियो एक्सरे, ९२ जनाको ईसीजी, १३२ जनाको ल्याब परीक्षण र ४८ जनाको इको गरिएको थियो ।

    २० जनाको दाँत निकालिएको थियो । ३० जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

    उक्त परीक्षण कार्यक्रममा सहभागी भएका डा. शर्माले स्वास्थ्य शिबिरको उद्घाटन गर्नुका साथै उनले शल्यक्रियाका लागि रेफर गरिएका सबैको निःशुल्क शल्यक्रिया गरिने पनि बताए ।

    डा. शर्माले अस्पतालको जिम्मेवारी सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ । त्यतिमात्र हैन सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend