logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

    भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

    1K
    Shares
    भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

    काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गरेकी छन् ।

    शुक्रबार (हिजो) भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सो घटनापछि शनिबार नेपाल आएकी भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएकी छन् ।

    घाइतेको अवस्था जानकारी लिएसँगै उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छन् । गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उनले सन्तोष व्यक्त गरेकी हुन् ।

    गृहमन्त्री लेखकले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिहरुलाई बचाउन सकिएको भन्दै प्रशंसा गरेको जानकारी दिए । राज्यमन्त्री खड्सेले आफु शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उनले उल्लेख गरे ।

    उनले भने – ‘भारत सरकारको युवा तथा खेलकुद राज्यमन्त्रीज्यु आउनुभयो । उहाँले घाइतेहरुलाई भेट्नुभयो । हामीसँग कुरा गर्दा उहाँले नेपाल सरकारले अत्यन्त चाँडो रेस्क्यु गरिदिनु भयो । नेपाल सरकार, रेस्क्युमा संलग्न भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले राम्रो काम गरेर केही मान्छेहरु बाँच्नुभयो भनेर उहाँले प्रशंसा नै गर्नुभयो त्यो मानेमा ।

    उपचारपनि अस्पतालमा एकदम राम्रो भइराखेको छ भन्ने घाइते भएर बसिरहेका मान्छेहरुलाई मैले सोधे डाक्टरहरुले एकदम राम्रो उपचार हाम्रो गरिराखेका छन् भनेर भन्यो त्यसको लागि पनि धन्यवाद छ भन्नुभयो ।

    हामीले जति सक्यौँ त्यो गर्नुपर्ने नेपाली नागरिक, विदेशी नागरिक सबैका लागि गर्नुपर्ने कुरा हो रेस्क्यु गर्ने कुरा गर्यौँ । उहाँ अहिले चितवन जानुहुन्छ । त्यहाँबाट लास पनि लगेर उहाँ जानुहुन्छ ।’

    राज्यमन्त्री खड्से अब चितवन जाने र शवपनि भारत लिएर जाने मन्त्री लेखकले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend