सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

काठमाडौं । भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना हुँदा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको हो ।

ना ७ ख ६४४६ नम्बरको उक्त बसमा बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । उनीहरु देवघरतर्फ गइरहेका थिए ।

बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend