logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छः अध्यक्ष अग्रवाल

    नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छः अध्यक्ष अग्रवाल

    329
    Shares
    नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छः अध्यक्ष अग्रवाल

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । आईतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।

    उनले नेपालमा हाल करिव एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको बताए ।

    उनले अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताए । उनले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गरे । उनले आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताए ।

    उनले स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन आवश्यक भएको बताए । उनले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गरे ।

    उनले भने, ‘नेपालमा हाल करिव ११५० वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिएको छ । तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको देखिन्छ । अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन छैन । त्यसले उपभोक्ता अधिकार हनन त गरेको छ नै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ ।

    स्वदेशी सबै उत्पादन तथा उत्पादकहरुमा गुणस्तरीय मापदण्ड लागू हुन्छ, सबै उत्पादकहरुले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । स्वदेशी उत्पादन तथा उत्पादकहरुले गुणस्तरीय मापदण्ड पूरा गरे/नगरेको निगरानी गर्न धेरै निकायहरु पनि छन् । तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन ।

    स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु ।’

    अध्यक्ष अग्रवालले आयातित वस्तुमा पनि लेभलिङ अनिवार्य गर्नुपर्ने बताए । आयातित वस्तुमा लेभलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेभलिङ गर्न माग गरे । उनले उपलब्ध भएसम्म स्वदेशी वस्तुलाई खरिद गर्ने कुरा कडाईका साथ लागू गर्न आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend