logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक छ : सांसद चन्द

    प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक छ : सांसद चन्द

    238
    Shares
    प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक छ : सांसद चन्द

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छन् । आईतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) को धारणा रहेको बताइन् । उनले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बताइन् । उनले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय राखेको छैन । तसर्थ कसैले पनि घोषणा पत्रमा संविधान संशोधन गर्छौं भनेर नलेखेकाले जनअनुमोदित छैन । यसलाई पहिला जनअनुमोदित बनाउनु पर्यो । संविधानअनुरुप कानून दियौँ की दिएनौँ । दिएनौँ भने कसका कारणले दिएनौँ भन्नेकुराको विश्लेषण हुनुपर्छ । प्रदेश मजबुत बनाएका छौँ की छैनौँ, छैनौँ भने कसका कारणले यसको पनि विश्लेषण हुनुपर्छ ।

    समानुपातिक समावेशीलाई दोष लगाउनु भन्दा सही अन्वेषण गरेनौँ भने सरकार बनाउन बाहेक अरु कुनै उद्देश्य छैन भन्ने पुष्टि हुन्छ । संविधान संशोधनको कुरा गर्नुहुन्छ भने आफ्नो आधिकारिक धारणा ल्याउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि बनाएर जाऔँ ।’

    सांसद चन्दले समानुपातिक समावेशीलाई दोष लगाउनु भन्दा सही अन्वेषण गर्नुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend