logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आइपिओ ल्याउन लागेको कान्तिपुर टेलिभिजनको घट्यो व्यापार, आम्दानी भन्दा दोब्बर ऋण

    आइपिओ ल्याउन लागेको कान्तिपुर टेलिभिजनको घट्यो व्यापार, आम्दानी भन्दा दोब्बर ऋण

    5K
    Shares
    आइपिओ ल्याउन लागेको कान्तिपुर टेलिभिजनको घट्यो व्यापार, आम्दानी भन्दा दोब्बर ऋण

    काठमाडौं । साधारण सेयर (आइपिओ) निष्कासनको तयारीमा रहेको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको आम्दानी ३६ प्रतिशत घटेको छ । गत वर्ष कान्तिपुर टेलिभिजनले २७ करोड ७० लाख रुपैयाँ व्यापार गरेको छ ।

    अघिल्लो वर्ष टेलिभिजनको व्यापार ३७ करोड ७० लाख रुपैयाँ थियो । एक वर्षमा कान्तिपुर टेलिभिजनको व्यापार १० करोड रुपैयाँ घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    २०२२ मा कान्तिपुर टेलिभिजनको व्यापार ३२ करोड ४० लाख रुपैयाँ थियो । २०२० मा ३१ करोड २० लाख र २०१९ मा ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । आर्थिक गतिविधि सुस्त हुँदा बिज्ञापनबाट हुने आम्दानीमा कमी आएको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।

    आम्दानी कम भएपछि कान्तिपुर टेलिभिजनको मार्जिन पनि घटेर ९.१७ प्रतिशतमा झरेको छ । २०२२ मा टेलिभिजनको मार्जिन ३५.६८ प्रतिशत थियो । यसबीचमा टेलिभिजनको ऋण घटेको छ । टेलिभिजनले ६७ करोड ४४ लाख रुपैयाँ ऋण रहेको छ । यसअघि कम्पनीको ऋण ९१ करोड ७० लाख रुपैयाँ थियो ।

    जसमध्ये ६२ करोड ४४ लाख रुपैयाँ दीर्घकालिन र ५ करोड रुपैयाँ अल्पकालिन ऋणको रेटिङ गराएको छ । कान्तिपुर टेलिभिजन नेपालको अगुवा टिभी च्यानल हो । कान्तिपुर मिडिया ग्रुपअन्तर्गत कान्तिपुर दैनिक, दि काठमाण्डु पोष्ट र कान्तिपुर रेडियो सञ्चालनमा सन् । सन २००० मा स्थापना भएको टेलिभिजन सन २००३ देखि सञ्चालनमा आएको हो ।

    आइपिओ निष्कासन गर्न कान्तिपुर टेलिभिजन २०२१ को जुलाइमा कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको छ । आइपिओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले साढे ७ करोड रुपैयाँ बराबर साढे ७ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

    कान्तिपुर टेलिभिजनको अध्यक्ष तथा प्रवन्ध निर्देशकमा कैलाश सिरोहिया छन् । यस्तै सञ्चालकमा उपेन्द्र महतो र जीवा लामिछाने रहेका छन् । कम्पनीले कान्तिपुर टेलिभिजन एचडी र कान्तिपुर सिनेप्लेक्स एचडी सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend