
धनकुटा । धनकुटामा बोलेरो गाडी दुर्घटनामा परेको छ ।
आइतबार बिहान धनकुटा नगरपालिका वडा नम्बर ६ फोक्लेन टापुमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
संखुवासभा उम्लिङबाट धरान जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो ।
प्रहरी निरीक्षक अनिलकुमार शाहका अनुसार गाडीको ब्रेक फेल हुँदा सडकबाट खसेको हो ।
गाडीमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये दुई जना घाइते छन् भने अन्य सामान्य रहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend