logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : डा. वाग्ले

    बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : डा. वाग्ले

    931
    Shares
    बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : डा. वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताएका छन् ।

    आईतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उपसभापति वाग्लले यस्तो बताएका हुन् । उनले विश्वब्यापी रुपमा नै यस्तो मान्यता रहेको भन्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको बताए ।

    उनले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताए । उनले जुनसुकै अपराधमा गर्दा पनि ठोक्ने जाक्ने, थुन्ने भन्ने खालको भाष्य समाजमा बनेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले सानो कसुर गरेको खण्डमा ठूलो जरिवाना स्वरुप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

    उनले सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भन्दै जरिवानाको व्यवस्था गर्न उपयुक्त हुने बताए ।

    उनले भने, ‘२५ सय वर्ष अगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ । सबैतिरबाट कसि कसाउ गर्न सकिँदैन । प्रहरी गैडा गैडामा तैनाथ गर्न सकिँदैन । त्यसैले स्पट चेक गर्नुपर्छ । दोषी पाइएमा कडा भन्दा कडा कारबाही गर्ने हो । डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो । यो सिद्धान्तलाई अन्य विकशित मुलुकहरुले लागू गरिसकेका छन् । अपराधसम्बन्धि कानूनहरुमा सकारात्मक र सिर्जनात्मक रुपमा डेटेरेन्सतिरबाट मात्रै जाऔं ।’

    उनले बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधनमा नगद कारबाहीलाई प्राथमिकता दिनु आवश्यक रहेको सुझाव दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही गराउने गरेको भन्दै नेपालमा पनि त्यही प्रणाली विकास गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend