logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैनः माधव नेपाल

    हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैनः माधव नेपाल

    273
    Shares
    हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैनः माधव नेपाल

    काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् ।

    सत्तारुढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताविना सम्भव नरहेको दाबी गरेका हुन् । आईतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको सपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे ।

    हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाई थियो । उनले संविधान संशोधन गर्ने सत्तारुढ कांग्रेस–एमालेको सहमती मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्याए ।

    उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे ।

    अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend