बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बाँस्कोटाले भने – लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष पनि फेरौँ

बाँस्कोटाले भने – लेखा समितिको सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष पनि फेरौँ

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय सभा अध्यक्ष फेर्न माग गरेका छन् । सांसदहरूले प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन् ।

समिति बैठकमा लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने कुरा उठेपछि बाँस्कोटाले राष्ट्रिय सभा अध्यक्ष नै फेर्न माग गरे । उनले सभापति र समितिमाथि आक्रमण नगर्न समेत सांसदहरूलाई आग्रह गरे ।

उनले भने, ‘आज परिस्थिति राजनीतिक सहमतिको हो । लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष फेरौँ । प्रतिनिधि सभाको उपसभामुख फेरौँ अनि यहाँ पनि फेरौँ ।’

उनले सबै समितिको सभापतिमा चुनाव गर्न तयार हो ? भन्दै प्रश्न गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend