logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सरकारले ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको छ : मन्त्री चौधरी

    सरकारले ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको छ : मन्त्री चौधरी

    287
    Shares
    सरकारले ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको छ : मन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थानीय तहले क्यालेण्डर प्रतियोगिताहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । आईतबार मन्त्रालयमा काठमाडौं उपत्यकाभित्रका नगरप्रमुखहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले क्यालेण्डर बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्दा ग्रासरुटबाटै खेलाडीहरु उत्पादन गर्न सकिने बताए । उनले विद्यालयहरुमा क्यालेण्डरअनुसार खेलकुद भए राम्रो खेलाडीहरु उत्पादन गर्न सकिने स्पष्ट पारे ।

    उनले स्थानीय तहले नै खेलकुदका विभिन्न गतिविधिहरु सञ्चलन गरिरहेको तर संघ सरकारले स्थान र पुरस्कारको मात्रै व्यवस्थापन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छलफलपछि जानकारी मिलेको बताए ।

    उनले भने, ‘प्रतियोगिताहरुको क्यालेण्डर बनाएर र हाइस्कुल स्तरमा गर्नसके वर्षको दुई तीन वटा प्रतियोगिता गर्नसके त्यसले पनि ग्रासरुटको खेलाडीहरु उत्पादन गर्छ । हामीले ठाउँ र उनीहरुको पुरस्कारको व्यवस्थापन गर्ने हो, अरु कुरा त नगरपालिकाले आफैँ गर्दो रहेछ । जबसम्म प्रतियोगिता हुँदैन, प्रतिष्पर्धा हुँदैन, खेलाडीहरु ऋघि बढ्न सक्दैनन् । त्यो कुरा कम्तिमा काठमाडौं भित्रबाट शुरुवात गरौँ । हामीले चाहेको नै ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास गर्ने हो । हामी पनि लगानी ग्रासरुटमै जाने हो । प्रदेशले पनि ग्रासरुटमै जाने हो ।’

    मन्त्री चौधरीले सरकारले ग्रासरुट र स्थानीय तहमा खेलकुदको विकास चाहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend