सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

काठमाडौं । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’ प्राप्त गरेको छ । बैंकले दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गको सो अवार्ड प्राप्त गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको बैंकलाई प्राप्त उक्त पुरस्कारले थप उत्प्रेरणा प्रदान गरेको बैंकले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजिते ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्र नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए । यीमध्येबाट एनआईसी एशियाले उक्त अवार्ड हात पारेको हो ।

यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend